समाचार

भूमि ऐन बाहेक ५ वटा अध्यादेश संसदबाट स्वीकृत 

२१ फागुन, काठमाडौँ । संसदमा पेस भएको ५ वटा अध्यादेश स्वीकृत भएका छन्। सरकारले ६ वटा अध्यादेश ल्याएकोमा भूमि सम्बन्धी अध्यादेशलाई भने होल्डमा राखेको छ।  

सत्ता साझेदारी दलमै खटपट देखिए पछि भूमि सम्बन्धी अध्यादेशलाई सरकारले थाती राखेर बाँकी अध्यादेश अगाडि बढाएको हो ।

निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशलाई आजको प्रतिनिधिसभा बैठकबाट स्वीकृत भएको हो। त्यस्तै सरकारले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश स्वीकृत गरेको हो। 

अब सरकारले भोलि बस्ने राष्ट्रिय सभाको बैठकमा आज स्वीकृत भएका अध्यादेश पेस गर्ने छ। सभाको बैठकले समेत स्वीकृत गरेपछि सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्ने छ।