समाचार

बर्तमान सरकारले धेरै पुराना अपराधीहरूसमेत पक्राउ गरिरहेको गृहमन्त्री लेखकको दाबी

२१ फागुन, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारको अपराध नियन्त्रण प्रभावकारी रहेको दाबी गरेका छन्।

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पुराना अपराधीहरू समेत पक्राउ परिसकेको र कानुनी कारबाही अघि बढाइएको बताए।

‘सरकारको काम देखिएको छ, कुनैपनि अपराधका अपराधीहरू पक्राउ परेका छन्,’ उनले भने, ‘कानुन बमोजिम कारबाही भइरहेको छ।’