समाचार

सरकारले आज राष्ट्रिय सभामा ५ अध्यादेश निर्णयार्थ पेस गर्दै 

२२ फागुन, काठमाडौँ । सरकारले हिजो प्रतिनिधि सभाबाट स्वीकृत गरेको ५ अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत गर्ने भएको छ। 

सरकारले आज दिउँसो १ बजे  बस्ने राष्ट्रिय सभाको बैठकमा पेस गर्न लागेको हो। 

सरकारले माघ १८ गते ६ वटा अध्यादेश राष्ट्रिय सभा बैठकमा पेस गरेको थियो । तीमध्ये भूमिसम्बन्धी अध्यादेश बाहेकका अध्यादेशहरू आज ३४ औँ दिनमा निर्णयार्थ प्रस्तुत गर्न लागिएको हो ।

 राष्ट्रिय सभा बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ निर्णयार्थ प्रस्तुत हुने छ । यी अध्यादेशहरू प्रतिनिधि सभाले बुधवार पास गरिसकेको छ ।