समाचार

मन्त्रालयले बालेनलाई दबाब दिँदै भन्यो: प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई काम गर्ने वातावरण बनाइदिनु 

२२ फागुन, काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव सरोज गुरागाईँलाई नै राख्न पत्र काटेको छ। गुरागाईँले आफूलाई महानगरमा काम गर्ने वातावरण बनाइदिन भन्दै हिजो मन्त्रालयमा पत्र लेखेका थिए ।

उनले आफू महानगरमा आएको ६ महिना मात्रै भएको र काम गर्ने वातावरण महानगरमा नपाएको भन्दै सहजीकरण गरिदिन  निवेदन दिएका थिए। 

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँको पत्र आउने बित्तिकै मन्त्रीस्तरीय निर्णयबाट उनलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतमा निरन्तरता दिन काठमाडौँ महानगरमा पत्राचार गरेको सङ्घीय मन्त्रालय श्रोतले जनाएको छ। 

 काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले  भ्रष्ट कर्मचारी भन्दै गुरागाईँको काममा रोक लगाएपछि उनी बिदामा बस्दै आएका थिए। 

प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गर्दै मेयर बालेनले आफूले भ्रष्ट कर्मचारीलाई संरक्षण गर्न नसक्ने भन्दै सार्वजनिक रूपमै बताइसकेका छन्।