२३ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज कर्णाली प्रदेश सभालाई सम्बोधन सुर्खेत जाने भएका छन् ।
उनी मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह सहभागी हुने र लगत्तै प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ओलीले सुर्खेत रङ्गशालाको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीले दिउँसो दुई बजे कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्ने र साढे तीन बजे मध्यपश्चिम विश्वविद्यालयको भवन उद्घाटन गर्ने कार्यक्रम छ ।