२३ फागुन, काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टरको कार्यकक्षमा तोडफोड गरेका छन् ।
रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्षमा प्रवेश गरी तोडफोड गरेका हुन्।
शुल्कको विषयलाई लिएर नेविसंघले विज्ञप्ति टाँस गरे पनि उक्त विज्ञप्तिमा रेक्टरबाट कुनै चासो नभएको भन्दै आज बिहान १० बजे विद्यार्थीहरू कार्यालय छिरेर तोडफोडमा उत्रिएको बताइएको छ।