२३ फागुन, काठमाडौँ । कर्णाली प्रदेश सभालाई सम्बोधन गर्न सुर्खेत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानीयले विरोध गरेका छन्। अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका ओलीलाई कार्यक्रम स्थलसम्म जानको लागी सडक खाली गराइएपछि विरोध गरेका हुन्।
सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो । प्रधानमन्त्रीको सवारीका कारण केहीबेर सवारी आवागमन प्रभावित भएपछि आक्रोशित स्थानीयले विरोध प्रदर्शन गरेका हुन्।
स्थानीयले आफूहरूलाई सडकमा अनावश्यक रूपमा रोकेर दुख दिएको भन्दै हर्न बजाएर विरोध जनाएका थिए ।
प्रधानमन्त्री ओली मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन लगायतका कार्यक्रम तय गरेर आज सुर्खेत पुगेका थिए।