अन्तर्राष्ट्रिय

युक्रेन र अमेरिकाबिच अर्को साता साउदी अरेबियामा वार्ता हुने

२३ फागुन, काठमाडौँ ।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासँग अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने बताएका छन्। उनले यो वार्ता ‘महत्त्वपूर्ण‘ हुने आशा गरिएको बताएका छन्। 

तर उक्त वार्तामा जेलेन्स्की आफू भने  सहभागी हुने छैनन्। उनले युक्रेन सकेसम्म चाँडो दिगो शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस-युक्रेन युद्ध अन्त्य गर्न शान्तिको लागि “रूपरेखा”मा छलफल गर्न चाहेको बताएका छन्।

फागुन १६ गते ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्को बहस भएको थियो। 

त्यसयता दुई देशबिच मनमुटाब बढेको थियो। यस क्रममा अमेरिकाले युक्रेनलाई सैन्य सहयोग गुप्तचर जानकारी दिन पनि बन्द गरेको थियो।