२३ फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रेक्टर कार्यालयमा शुक्रबार बिहान ६ जना विद्यार्थी समूहले तोडफोड गरेका छन्। ‘रेक्टर सर खोई ?’ भन्दै प्रवेश गरेका उनीहरूले कुर्सी भाँच्नुका साथै फाइलहरू छरपष्ट पारेका थिए।
घटनाका बेला रेक्टर प्राडा खड्ग केसी कार्यालयमा उपस्थित थिएनन्। कर्मचारीहरूले छलफल गर्न आग्रह गर्दा पनि विद्यार्थीहरू उग्र बनेर तोडफोडमा उत्रिएको एक कर्मचारीले बताए।
शिक्षाध्यक्ष केसी थेरापीमा रहेका कारण घटनाको जानकारी पछि मात्रै पाएका थिए। रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले फोनमार्फत उनलाई सूचित गरेका थिए। तोडफोडमा संलग्नको पहिचान खुल्न बाँकी छ।
स्वत्रन्त्र विद्यार्थी यूनियनको निर्बाचन नजिकिन लाग्दा विश्वविद्यालय तोडफोड हुनु गलत भएको भन्दै विश्वविद्यालयको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विज्ञप्ती निकाल्दै आफूहरुले उक्त घृणीत कार्य नगरेको भन्दै उक्त घृणित कार्यमा संलग्नलाई कारबाही गर्न मागसहित विज्ञप्ती निकालेको छ । सभापति बिष्णु पौडेलले नेविसंघलाई बदनाम गर्न खोजिएको भन्दै त्रिविका पदाधिकारीले नेविसंघलाई बदनाम गराउन खोजे नेविसंघ चुप लागेर नबस्ने र नेविसंघले कहिलेपनि तोडफोडलाई समर्थन नगर्ने बताउँदै गलत कृयाकलापमा संलग्नलाई कारबाही गर्न आग्रह गर्दै बदनाम र प्रपञ्च रच्ने कार्य भए कडा आन्दोलन गर्ने बताएका छन् ।
हेर्नुहोस् विज्ञप्ति :
