खेलकुद

क्यानले सार्वजनिक गर्‍यो वार्षिक क्यालेण्डर, नयाँ प्रशिक्षक पनि नियुक्त गर्ने तयारी 

२४ फागुन, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पत्रकार सम्मेलन मार्फत वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।आज शनिबार पत्रकार सम्मेलन गर्दै सचिव पारस खड्काले आगामी वर्षको लागि क्यालेण्डर सार्वजनिक गरेका हुन्। 

क्यालेण्डरमा नेपालका पुरुष र महिला क्रिकेटको टोलीले खेल्ने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूदेखि शृङ्खला र घरेलु क्रिकेटका प्रतियोगिताहरू समावेश गरिएको क्यानले बताएको छ। 

क्यानले नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षक पनि अब केही दिनभित्र नियुक्त गर्ने तयारी गरिरहेको छ।