समाचार

मकवानपुरमा बलात्कार गरेको आरोपमा ७ जना किशोर पक्राउ 

२४ फागुन, हेटौँडा । प्रहरीले मकवानपुरमा बलात्कार गरेको आरोपमा १८ वर्षमुनिका ७ जना किशोरहरू पक्राउ परेका छन् । युवतीलाई करिब डेढ महिना अघि बलात्कार गरेको आरोपमा ती किशोरहरू पक्राउ परेका हुन्। 

गत माघ ६ गते  बिहान साढे ८ बजे हेटौँडा उपमहानगरपालिका-२, स्थित वनस्खण्डी मन्दिर माथिको जङ्गलमा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

पीडित युवतीले २१ फागुनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी थिइन् । प्रहरीले २२ फागुनमा हेटौँडाका विभिन्न स्थानमा बस्ने ५ जना आरोपित किशोरहरूलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरूलाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।