समाचार

काठमाडौँमा भूकम्पको धक्का महसुस

२४ फागुन, काठमाडौँ । आज काठमाडौँमा  दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।

दिउँसो दुई बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि शनिवार बिहान म्याग्दी र बागलुङ केन्द्रबिन्दु भएर दुई वटा भूकम्प गएका थिए ।