२५ फागुन, काठमाडौँ । काठमाडौँ उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । राजावादीहरूको प्रदर्शनका कारण तीनकुनेबाट सिनामंगलतर्फ जाने मुख्य सडक बन्द भएको हो।
राजावादीहरू तीनकुनेमा भेला भएर सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने सडक खाली गराइएको छ।
ट्राफिक अस्तब्यतताको कारण नियमित रुटबाट गन्तव्यमा पुग्न नपाएपछि यात्रुहरू मर्कामा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सडक प्रयोग गरेर गन्तव्यमा जान यात्रुलाई अनुरोध गरेको छ।