२५ फागुन, काठमाडौँ । युगान्डामा जारी चार देशीय महिला टी-२० कपअन्तर्गत नेपाल र युगान्डाबिचको खेलमा नेपाल विजयी भएको छ। नेपालले युगान्डामाथि अन्तिम बलअघि ९ विकेट गुमाएर एक विकेटको जित हात पारेको हो।
टस जितेर बलिङ रोजेको नेपालले युगान्डालाई ७५ रनमा समेटेको थियो।
घरेलु टोली युगान्डा,नेपाल ,हङकङ र नामिबियाले टी-२०आई शृङ्खला खेल्दै छन् ।
युगान्डा क्रिकेट एसोसिएसनको आयोजनामा शनिवारदेखि सुरु भएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो ।