२५ फागुन, काठमाडौँ । नेकपा (माओवादी)केन्द्रले सचिवालय बैठक बोलाएको छ। भोलि बिहान बस्ने गरी बैठक बोलाइएको अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिएका हुन्।
तराई-मधेस जागरण अभियान सञ्चालन गरिरहेको माओवादी केन्द्रले एक्कासि अभियान नै रोकेर सचिवालयको बैठक गर्न लागेको अध्यक्ष दाहालले नेपाली जन प्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै जानकारी गराएका हुन्।
माओवादीका नेताहरूले राजावादीहरूको सक्रियतालगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि अभियान रोकेर पार्टी बैठकमा केन्द्रित हुनुपरेको बताएका थिए।
एकाएक जागरण अभियान नै रोकेर माओवादी केन्द्रले पार्टीको सचिवालय बैठक आज आइतबार बस्ने भनिएता पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका केही नेता काठमाडौँ बाहिर भएकाले भोली सोमबारका लागि सारिएको बताइएको छ।