समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नयाँ प्रवक्ता पौडेललाई नियुक्त

२५ फागुन, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव राजेन्द्र कुमार पौडेललाई दिइएको छ। आयोगले मिति २०८१ फागुन २५ गतेदेखि लागू हुने गरी उनलाई प्रवक्ता तोकेको जानकारी गराएको छ।

साथै, प्रवक्तासँग सम्पर्क गर्नका लागि आवश्यक व्यवस्था गरिएको आयोगले जनाएको छ।