अन्तर्राष्ट्रिय

राजनीतिक सङ्कटबीच नेटो प्रमुख बोस्निया भ्रमणमा

२६ फागुन, बोस्निया । नेटोका उच्च प्रतिनिधि र सर्बियाली राष्ट्रपतिबीच चर्को विवादबीच उत्तर एटलान्टिक गठबन्धन नाटोका प्रमुख मार्क रुट सोमबार बोस्नियाको भ्रमणमा गएका छन् ।

बोस्नियाको शान्ति सम्झौताको निरीक्षण गर्ने उच्च प्रतिनिधि क्रिश्चियन स्मितको अवहेलना गरेको अभियोगमा रिपब्लिका स्र्पस्का आरएसका राष्ट्रपति मिलोराड डोडिकलाई गत महिना दोषी ठहर गरिएपछि राजनीतिक तनाव बढेको छ ।

सन् १९९० को दशकमा बोस्नियाको अन्तरजातीय युद्धको अन्त्य पछि देशमा सर्ब–बहुल आरएस र मुस्लिम क्रोएट क्षेत्र गरी दुई स्वायत्त भागहरू समावेश छन् ।

यी दुई संस्थाका आ–आफ्नै सरकार र संसद् छन् र कमजोर केन्द्रीय संस्थाहरूसँग जोडिएका छन् ।

बोस्नियाको संवैधानिक अदालतले डोडिकद्वारा हस्ताक्षरित कानूनलाई खारेज गरेको केही दिनपछि रुटको भ्रमण भएको हो जसले आरएसभित्र संघीय प्रहरी र न्यायपालिकाको अधिकारलाई अस्वीकार गरेको थियो ।