२८ फागुन, इटहरी (सुनसरी)। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुपदार्थ दुर्व्यसनीविरुद्ध तीनैै तहका सरकारले समन्वयात्मक काम गर्नुपर्ने बताएका छन्।
कोशी प्रदेश प्रहरीद्वारा आज आयोजित ‘अबको युद्ध दुर्व्यसनविरुद्ध’ कार्यक्रमको शुभारम्भ गदै उले तीनै तहका सरकारले समयमै सचेतनाका कार्यक्रम अघि बढाउनु पर्ने बताए।
मुख्यमन्त्री कार्कीले भने, “ तीनै तहका सहकार मिलेर सचेतनाका अभियानलाई समुदायस्तरसम्म सञ्चालन गर्न जरुरी छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा दुर्व्यसनविरुद्धका सचेतना कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने छ ।”