खेलकुद

वुमन्स डे कप क्रिकेट : नेपाल र नामिबिया भिड्दै 

२८ फागुन, काठमाडौँ । युगान्डामा जारी वुमन्स डे कपमा नेपाल र नामिबिया खेल्दै छन्।  नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। 

यसअघिका खेलमा नेपाल हङकङसँग २ रनले पराजित भएको थियो भने युगान्डाविरुद्ध १ विकेटले विजयी भएको थियो। त्यस्तै नामिबियासँग ६ विकेटले पराजित भएको थियो। 

जारी कपमा नेपाल, नामिबिया, हङकङ र युगान्डाले प्रतिस्पर्धा गरिरहेका छन्।