२८ फागुन, काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रको पुराना हाइस्कुलमध्ये रहेको रामशाहपथस्थित पद्मोदय माध्यमिक विद्यालयका ७९औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीको प्रमुख आथित्यमा भएको वार्षिकोत्सव कार्यक्रममा प्रधानाध्यापक डा शर्मिला पोखरेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
विसं २००३ मा स्थापित पद्मोदय माध्यमिक विद्यालयमा हाल एक हजार ४०० छात्राछात्रा अध्ययनरत रहेको प्रधानाध्यापक पोखरेलले जानकारी दिए । गत वर्षको एसइई परीक्षामा ६० जना विद्यार्थी सहभागी रहेकामा शतप्रतिशत नतिजा हासिल गरेको थियो ।
हाल कक्षा १० मा ८३ जना विद्यार्थी अध्ययनरत छन् भने कक्षा ११ र १२ मा गरी लगभग ७०० विद्यार्थीले विज्ञान, व्यवस्थापन र मानविकी सङ्कायमा अध्ययन गरिरहेको जानकारी दिइयो । विद्यालयका हरेक कक्षामा छात्रको तुलनामा छात्रको सङ्ख्या बढी रहेको पनि उनले जानकारी दिए ।
कार्यक्रममा मुलुकको शिक्षाको उन्नयनमा विशिष्ट योगदान पु¥याउने ज्ञानोदय माध्यमिक विद्यायका पूर्वप्रधानाध्यापक नातिकाजी महर्जनलाई पनि सम्मान गरियो ।
त्यसअवसरमा विद्यालयद्वारा प्रकाशित वार्षिक स्मारक पद्मपुष्प विमोचन गरियो । कार्यक्रममा २५ वर्ष सेवा पु¥याउने १० शिक्षक÷शिक्षिकलाई दीर्घसेवा पदक तथा विभिन्न जेहनदार विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।
कार्यक्रममा प्रदेशमन्त्री खड्गी, विद्यालय सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद अगस्ती, पूर्वविद्यार्थी हेमन्त खरेललगायतले देशको शिक्षा क्षेत्रको विकासमा उक्त विद्यालयले योगदानको चर्चा गरे ।
विद्यालयबाट उत्पादित जनशक्ति मुलुुकको राजनीति, कर्मचारीतन्त्र र समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेको जानकारी दिइयो ।