शिक्षा

शिक्षा मन्त्रालयले गर्यो चैत २ सम्म एनओसी सेवा बन्द !

२९ फागुन, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ चैतसम्म वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्ने सेवा बन्द गर्ने जानकारी गराएको छ।

मन्त्रालयका अनुसार अनलाइन प्रणाली मर्मतसम्भारका कारण एनओसी शाखाले अस्थायी रूपमा सेवा बन्द गर्ने निर्णय गरेको हो। यस अवधिमा भौतिक रूपमा समेत कुनै सेवा उपलब्ध नहुने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।