अन्तर्राष्ट्रिय

अमेरिकामा १७८ जना यात्रु बोकेको विमानमा आगलागी 

१ चैत, काठमाडौँ । अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा  १७२ यात्रु र  विमानस्थलमा र चालक दलका ६ सदस्य रहेको विमानमा आगलागी भएको छ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अवतरण गरेको विमानमा आगलागी भएको हो। 

 बिहीबार साँझ १७२ यात्रु र  विमानस्थलमा र चालक दलका ६ सदस्य रहेको उडान १००६ सुरक्षित अवतरण गरिसकेपछि आगलागी भएको हो। 

तर विमानका सबै यात्रुलाई तुरुन्तै बाहिर निकालिएकाले कुनै अप्रिय घटना हुन नपाएको अधिकारीहरूले बताएका छन्। 

आगलागी हुँदा विमानबाट बाक्लो कालो धुवाँ निस्किएको र विमानस्थलका अधिकारीहरूले आगलागी नियन्त्रणमा लिइसकेको जनाइएको छ। 

उक्त घटनामा  मानवीय क्षति भने नभएको बताइएको छ।