अन्तर्राष्ट्रिय

दक्षिण अमेरिकामा भयानक आँधीका कारण २० जनाको ज्यान गयो

 ३ चैत, काठमाडौँ । दक्षिण अमेरिकामा भयानक आँधीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ। बिबिसीका अनुसार आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठुलो क्षति पुर्‍याएको छ। 

आँधीका कारण धेरै सवारीसाधन सडकमै पल्टिएका छन्। स्थानीय घरहरूमा धेरै क्षति पुगेको बिबिसीले जनाएको छ। आँधीका कारण कार दुर्घटना हुँदा टेक्सासमा तीन जनाको ज्यान गएको छ। ओक्लाहोमा र अर्कान्सासमा पनि जनधनको धेरै क्षति भएको बताइएको छ। 

स्थानीय समय शनिवार दिउँसो ६ राज्यका २ लाख ४० हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध भएको छ। प्रभावित राज्य टेक्सास, मिसौरी र इलिनोइस छन्। 

हाल ती क्षेत्रहरूमा गम्भीर मौसमको चेतावनी दिइएको छ। राष्ट्रिय मौसम सेवाले यो अचानक आएको बाढीले ज्यान गुमाउन सक्ने जनाएको छ।