आर्थिक

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि ५ जना छनोट, ६ गते अन्तर्वार्ता

३ चैत, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोट तथा सिफारिस समितिले पाँच उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

गत फागुन १२ गते र १८ गते सार्वजनिक सूचना जारी गरेर दरखास्त आह्वान गरेको समितिले दर्खास्त दिने मध्ये ५ जना चूडामणि चापागाईँ, नारद कुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम आज सार्वजनिक गरेको हो।

सर्ट लिस्टमा परेकाहरूको अन्तर्वार्ताको लागी चैत ६ गते बुधवार बिहान सात बजे अर्थ मन्त्रालयमा उपस्थित हुन भनी सूचना जारी गरिएको छ।