३ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कसैको तस्बिर जलाउँदैमा पक्राउ गर्नु नहुने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष दाहालले लोकतन्त्रमा विरोधका विभिन्न रूप हुने भन्दै तस्बिर जलाउँदैमा पक्राउ गरिहाल्न नहुने टिप्पणी गरेका हुन्।
हिजो मकवानपुरमा राप्रपाका एक युवा नेताले चर्का नारा लगाउँदै कार्यक्रम स्थलमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालको तस्बिर जलाएका थिए।
दाहालको तस्बिर जलाएको आरोपमा प्रहरीले आज चितवनबाट राप्रपाका एक नेतालाई पक्राउ गरेको थियो।