राजनीति

काँग्रेस प्रमुख सचेतकको ‘यौन व्यवसाय खुला गर्नु पर्ने’ भनाइप्रति सांसदहरूको आपत्ति 

४ चैत, काठमाडौँ ।नेपालमा धेरै पर्यटन भित्र्याउन यौन व्यवसाय खुला गर्ने नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेको प्रस्तावको सांसदमै विरोध भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा  विपक्षी दलका सांसदहरूले यस्तो प्रस्ताव आउनु नै गलत भएको भन्दै विरोध गरेका हुन्। 

 माओवादी केन्द्रकी सांसद दुर्गा राईले भनिन् ‘हिजो सत्तापक्षका माननीयज्यूले यौन व्यवसायलाई कानुन बनाएर मान्यता दिएर पर्यटकलाई आकर्षक गरेर अर्थोपार्जन गरौँ भन्ने कुरा यस सम्मानित सदनमा उठाउनु आपत्तिजनक छ, यस्तो चिन्तनको घोर विरोध गर्दछु ।’

 त्यस्तै  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले यस्तो प्रस्ताव आउनु गलत रहेको बताए । ‘…यौन व्यवसाय, वेश्यालय, कोठी सरकारले नै चलाउने दिन आएको त होइन ?’ भन्दै उनले सरकारलाई प्रश्न गरे ।

हिजो आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेसका प्रमुख सचेतक घिमिरेले देशको विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए ।