राजनीति

प्रधानमन्त्री ओलीले कवितामै खोजे भाइमारा र मूर्तिचोर  

४ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी लक्षित कविता सुनाएका छन् । 

आज मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गरेको हिमवत् खण्ड कला–साहित्य–संस्कृति सम्मेलनको समापन कार्यक्रममा ‘हराएको मूर्ति खोजी भइरहेको, भाइमाराको खोजी भइरहेको’ भन्दै प्रधानमन्त्री ओलीले कविता सुनाएका हुन् ।

प्रधानमन्त्री ओलीको कवितामा सिधै चोर बन्न नमिलेकाले ‘मूर्ति हराएको’ भन्नुपरेको जस्ता शब्दहरू उल्लेख छन् ।

 उनले कविताबाटै राजावादी गतिविधिको अभियान नचल्ने बताएका छन्।  उनले खोजी भइरहेको छ भाइमाराको, राष्ट्रिय पकेटमाराको भन्दै कसिला शबले प्रहार गरेका छन्।