६ चैत, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा रहेको व्यवस्थाका कारण कुनै एक दलले बहुमत ल्याउने अवस्था नरहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले बहुमत ल्याउनकै लागी कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता रहेको बताएका हुन्।
संविधानमा रहेको व्यवस्थाका कारण कुनै एक दलले बहुमत ल्याउन नसक्ने सभापति देउवाको भनाइ छ।
‘कुनै पनि पार्टीको बहुमत आउन धेरै गारो छ । त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ, हाम्रो पार्टीले धेरै मिहिनेतका बाबजुद सबैभन्दा ठुलो पार्टी बन्न सफल भएको छ । तर, बहुमत ल्याउन सकेको छैन ।’
कुनै पनि दलको बहुमत नआउनुमा पार्टीको दोष नहुने सभापति देउवाको भनाइ छ। उनले संविधानमा रहेको व्यवस्थाका कारण यस्तो अवस्था रहेपनि जुझारु भएर बहुमत ल्याउने प्रयत्न गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।