६ चैत, काठमाडौँ । नेपाली सेनाले केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विभिन्न टिका टिप्पणीको खण्डन गरेको छ। आज एक विज्ञप्ति मार्फत नेपाली सेना संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न कटिबद्ध रहेको प्रष्ट पारेको हो।
केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनालाई जोडेर विभिन्न खाले टीकाटिप्पणी हुन थालेपछि आज जंग्गीअड्डाले विज्ञप्ति मार्फत खण्डन गरेको हो ।
राजसंस्थाको पक्षमा नेपाली सेना रहेको भनी विभिन्न पक्षबाट टिका टिप्पणी भइरहँदा नेपाली सेना सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध भएको जनाएको हो।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको जङ्गीअड्डाबाट जारी विज्ञप्तिमा उल्लेख छ।
