७ चैत, काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवस काठमाडौंमा विशेष कार्यक्रम सहित मनाइदै छ ।
काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित कार्यक्रममा “गिरिजाप्रसाद र लोकतन्त्र” विषयक विचार गोष्ठी भएको हो। नेपाली कांग्रेसले आयोजना गरेको उक्त कार्यक्रममा पार्टीका विभिन्न नेताहरू, कार्यकर्ताहरू तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नेता डा. शेखर कोइराला रहेका छन् भने कार्यक्रम कांग्रेस नेतृ सुजाता कोइरालाको सभापतित्वमा भइरहेको छ। कार्यक्रममा पुर्व मन्त्री बल बहादुर केसी , काङ्रेस सह महामन्त्री भिष्मराज आङ्देङ्बे, पुर्व कोशाध्यक्ष सिता देबी यादब , नेता गुरु घिमिरे, साँसद चन्द्र भन्डारी, लगायतको उपस्थिति रहेको छ ।

कार्यक्रममा सहभागी वक्ताहरुले स्वर्गिय कोइराला को योगदानको चर्चा गर्दै फेरी पनि कांग्रेस पार्टीलाई गिरिजाबाबु जस्तै जुझारु क्रान्तीकारी नेतृत्व आवश्यक रहेको बताए ।
गिरिजाप्रसाद कोइरालाले नेपाली राजनीतिमा निर्णायक भूमिका खेलेका थिए उक्त योगदानको स्मरण गर्दै नेपाली कांग्रेसले देशभर विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ। कार्यक्रममा वक्ताहरुले डा शेखर कोईराला नै अवको काँग्रेस हाँक्ने ग्यारेन्टी भएकाले उहँँ नै १५ महाधिवेशनपछिको काँग्रेसको सभापति निश्चित भएको बताए । वक्ताहरुले शुसासन सरकारको प्रमुख कार्य हुनुपर्ने भएपनि त्यसो हुन नसकेकोमा काँग्रेस सम्मिलित सरकार भएपनि दुःख लागेको बताएका थिए ।

