राजनीति

उपनिर्वाचन र स्ववियु निर्वाचनको परिणामले पार्टीलाई ऊर्जा दिएको छ : अध्यक्ष दाहाल 

७ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतका निर्वाचनहरूमा नेपाली काँग्रेस र एमालेसँग सहकार्य गर्दा पार्टी घाटामा गएको दाबी गरेका छन्।

आज बारामा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले चुनावमा गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा भएको कुरा अहिले प्रमाणित भएको बताएका हुन्। उनले एमाले र कांग्रेसले अब माओवादी केन्द्र आफ्नो खुट्टामा उभिन सक्दैन भनेर स्थापना गर्न थालेको भाष्य गलत सावित भएको पनि बताए ।

‘वास्तवमा हामी कहिले काँग्रेस र एमालेसँग सहकार्य गर्दा हामीलाई घाटा भएको नै प्रमाणित भयो ।’ उनले भने ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले गएको उपनिर्वाचन र अहिले जारी स्ववियु निर्वाचनको परिणामले  विगतमा गल्ती गरिएको महसुस भएको बताए। उनले एमाले र काँग्रेसले अब माओवादी केन्द्र आफ्नो खुट्टामा उभिन सक्दैन भनेर गलत भाष्य स्थापना गर्न थालेको र त्यस प्रकारका भ्रम चिरिँदै गएको दाबी गरे। 

भर्खरै स्ववियुको निर्वाचन सम्पन्न भएको र उक्त निर्वाचनले पार्टीलाई हौसला दिएको दाहालको भनाइ छ ।