७ चैत, काठमाडौँ । पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले बिहीबार दिउँसो न्युरोडबाट उनलाई नियन्त्रणमा लिएको हो।
गिरीले एक लाख रुपैयाँ माग गरेको सूचनाको आधारमा २५ हजार रुपैयाँसहित पक्राउ गरिएको स्रोतले जनाएको छ
महानगरपालिकामा अख्तियारसम्बन्धी उजुरीको जवाफ दिने शाखामा कार्यरत गिरीले आयोगका प्रश्नहरूको उत्तर पठाउने जिम्मेवारी सम्हाल्दै आएका थिए। हाल उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।