समाचार

विवादित महायज्ञका कारण सिराहाका सिडिओ मन्त्रालय तानिए

८ चैत, काठमाडौँ । गृह मन्त्रालयले सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई मन्त्रालय तानेको छ। अहिले सिराहाको प्रमुख जिल्ला अधिकारीमा विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ।

अर्याल कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी रहेका थिए। उनलाई सिराहा पठाइएको हो। 

महायज्ञ गर्न स्थानीय दलित परिवारलाई हटाएको, उनको घर बनेको ठाउँको माटो समेत डोजर लगाएर पन्छाएको भन्ने विषयमा संचार माध्यमा समाचार आइरहेका थिए। उक्त विषयलाई सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिइसकेका छन्। 

 घटनाको छानबिनको लागी प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई मन्त्रालय तानेको  बुझिएको छ।