१७ चैत, काठमाडौँ । आज प्रधानमन्त्री केपी शर्मा अोलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक साँझ ७ बजे सिंहदरबारमा बस्ने एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताएका हुन्।
प्रधानमन्त्री सचिवालयका अनुसार गणतन्त्र पक्षधर दलहरूको बैठक बोलाइएको हो । बैठकमा शुक्रवार राजावादीहरूको प्रदर्शनका कारण तीनकुनेमा भएको घटना र पछिल्लो समसामयिक राजनीति गतिविधिमा छलफल हुने बुझिएको छ।





