समाचार

दुर्गा प्रसाईँले भने ‘म भागेको छैन, काठमाडौँकै एउटा मन्दिरमा सुरक्षित बसेको छु’

१७ चैत, काठमाडौँ । तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईँले आफू नभागेको बताएका छन्। उनले आज एक भिडियो मार्फत आफूलाई सरकार पक्षबाट मार्ने सूचना पाएपछि आफू सुरक्षित स्थानमा बसिरहेको बताएका हुन्। 

प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका आन्दोलन परिचालन समितिका कमाण्डर प्रसाईँले आफूलाई मार्ने योजना रहेको थाहा पाएपछि कार्यक्रम स्थल छोडेर हिँडेको बताएका हुन्।  उनले भनेका छन्, ‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ।म काठमाडौँमै छु, काठमाडौँकै एउटा मन्दिरमा बसेको छु।’

आफू नेतृत्वको प्रदर्शनका क्रममा प्रसाईँले तीनकुनेमा आफैले गाडी चलाएर प्रहरीको घेरालाई तोड्दै बानेस्वरतर्फ अघि बढेका थिए । उनलाई प्रहरीले अहिले पनि खोजी गरिरहेको छ ।