१७ चैत, काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले ‘संयुक्त जनआन्दोलन समिति’ को नेतृत्व जगमान गुरुङलाई दिएका छन्।
सुवेदीले आज एक विज्ञप्ति जारी गर्दै सरकारले आफूलाई नजरबन्दमा राखेको र आफ्नो अनुपस्थितिमा गुरुङले नेतृत्व लिने भन्दै नेतृत्व गुरुङलाई दिएका हुन्।
सुवेदीले जारी गरेको विज्ञप्तिमा सरकारले आफूलाई नजरबन्दमा राखेको बताएका छन्। उनकै संयोजकत्वमा बनेको राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन परिचालन कमिटीका कमान्डर दुर्गा प्रसाईँको नेतृत्वमा शुक्रवार तीनकुनेमा प्रदर्शन भएको थियो।

उक्त प्रदर्शन हिंसात्मक हुँदै तोडफोड र आगजनीमा परिणत हुनुका साथै दुई जनाको ज्यान गएको थियो।





