समाचार

रवीन्द्र मिश्रलाई हतकडी लगाएर सरकारी वकिल कार्यालय लगियो 

१७ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हतकडीसहित जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याएको छ ।  उनलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो। 

गत शुक्रवार राति पक्राउ परेका उनलाई केही बेर अघि म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।

राज्यविरुद्धको कसुरमा मिश्र र महामन्त्री धवल शमशेर राणासहित ११ विरुद्ध मुद्दा दर्ता गरेर म्याद थप गर्न लागिएको हो। 

तीनकुने घटनामा संलग्न रहेको भन्दै शुक्रवार बेलुका उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।