समाचार

राजावादी आन्दोलन : भाटभटेनी तोडफोड र लुटपाट गर्ने नाै जना पक्राउ

१७ चैत, काठमाडौँ।  कोटेश्वरस्थित भाटभटेनी लुटपाटमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। राजावादीले गरेको प्रदर्शनका क्रममा उनीहरूले कोटेश्वरमा रहेको भाटभटेनीमा तोडफोड र लुटपाट गरेका थिए। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भाटभटेनीमा लुटपाट गर्ने उनीहरूलाई सामानसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-६ ढल्केवर घर भई हाल काठमाडौँको कोटेश्वर-32 बस्ने आशिष सिंह, सर्लाहीको बरथहवा नगरपालिका–१६ घर भई हाल कोटेश्वर नरेफाँट बस्ने प्रेम कुमार महत्तो, भारत देश बिहार राज्य पटना हाजिपुरका रवि रञ्जन कुमार, नुवाकोटको विदुर नगरपालिका–६ घर भइ कोटेश्वर बस्ने सुशिला कुमाल रहेका छन् ।

यस्तै सुनसरीको धरान घर भई हाल काठमाडौ कोटेश्वर ३२ बस्‍ने एलिसा राई, कोटेश्वरको नरेफाँट बस्‍ने बालकुमारी कार्की, सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका-८ घर भघ हाल कोटेश्वर बस्‍ने निर्मला कार्की, सिन्धुली तीनपाटन घर भई हाल कोटेश्वर बस्‍ने चित्र माया बस्‍नेत र सिन्धुली तीनपाटनकै अर्को एकजना महिलालाई  प्रहरीले पक्राउ गरेको छ ।