शिक्षा

शिक्षक आन्दोलनमा कांग्रेसको साथ : सरकार प्रमुखबाटै वार्ताको पहल गर्न आग्रह (बिज्ञप्ति सहित)

२५ चैत, काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकहरू शिक्षकीय सुधारका मागहरू पुरा गर्न सरकारसँगको सहमति कार्यान्वयन र शिक्षा ऐन पारित गर्न माग गर्दै राजधानी केन्द्रित आन्दोलनमा छन्।

यस सन्दर्भमा कांग्रेसको केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिंह महरले विज्ञप्ति जारी गर्दै विभागले विगतमा भएको सहमति र समझदारीका आधारमा शिक्षकहरूको माग सम्बोधन गर्न सरकारप्रति ध्यानाकर्षण गराएको छ।

नेपाली कांग्रेसको शिक्षा विभागले सरकारलाई नेपाल शिक्षक महासंघसँग सरकार प्रमुखबाटै वार्ताको पहल गर्न र संवाद गरेर समस्या समाधान गर्न आग्रह गरेको छ।

हेर्नुस् बिज्ञप्ति :