राजनीति

सांसद बास्कोटा भन्छन्: नेपालमा राजतन्त्र १८ बर्ष अगाडी नै भूत भइसक्यो

१ वैशाख, काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले  १८ बर्ष अगाडी नै नेपालमा राजतन्त्र भूत भएको बताएका छन्।

 आज सोमबार काभ्रेमा प्रेस चौतारी नेपालद्वारा आयोजित  शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब भूत भइसकेको राजतन्त्र भविष्यमा फर्किनेसम्भावना नरहेको ठोकुवा गरेका हुन्। 

पूर्व मन्त्री समेत रहेका बास्कोटाले नेपालमा राजतन्त्र भविष्य नभएर भूत भइसकेको जिकिर गरेका हुन्। इतिहासको पाना कहिल्यै पछाडि फर्कन नसक्ने उनको भनाइ छ।