१ वैशाख, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। पूर्वनिर्धारित समय भन्दा एक घण्टा ढिलो गरी पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो।
एमालेले पार्टी स्थापनाको अवसर पारेर आगामी वैशाख ११ गते बृहत् जनप्रदर्शन गर्ने तयारी गरेको छ।
आजको बैठक जनप्रदर्शन र समसामयिक राजनीतिक घटनाक्रमबारेमा केन्द्रित भएर छलफल हुने सचिवालयले जनाएको छ।