१ वैशाख, काठमाडौँ । शिक्षक महासङ्घको नेतृत्वमा भएको आन्दोलन आज १३ औँ दिन पनि जारी रहेको छ। विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूले आज पनि सडक प्रदर्शन गरेका हुन् ।
आज नयाँ बर्ष २०८२ सालकोको पहिलो दिन पनि शिक्षकहरूले सरकार विरुद्ध सडकमै प्रदर्शन गरेर नयाँ बर्ष मनाएका छन्। शिक्षा ऐन जसरी पनि जारी गराउन सरकारलाई दबाब सृजना गरिरहेका हुन्। मन्त्रालय र शिक्षक महासङ्घबिच पटक पटक वार्ता भए पनि कुनै सहमति हुन सकेको छैन।
विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै उधारो सहमति नगर्ने आन्दोलनरत शिक्षकहरूले बताउँदै आएका छन्।
सरकारले भने आगामी बजेटमा शिक्षकमा माग सम्बोधनबारे विशेष पहल गर्ने बताउँदै आएको छ तर, शिक्षकहरूले तत्काल आफ्ना माग सम्बोधन गर्नु पर्ने भन्दै सरकारलाई दबाब दिइरहेका छन्।