१ वैशाख, काठमाडौँ । नेकपा एमालेले सरकार परिवर्तन हुने हल्ला माओवादी केन्द्रका अध्यक्षको सरकार बाहिर हुँदाको छटपटी भएको बताएको छ। आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठक पछि प्रतिक्रिया दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेका हुन्।
उपमहासचिव ज्ञवालीले सरकार बाहिर हुँदाको कुण्ठा र पीडा बोधले गर्दा नयाँ बर्षमा नयाँ सरकार भनेर भ्रम छरेको बताए। उनले अहिलेको परिस्थिति सरकार परिवर्तन गरेर अस्थिरतामा खेल्ने नभएको जिकिर गरे।
सरकार परिवर्तन हुने भन्ने हल्ला गरेर भ्रम सृजना गर्न खोजिएको भन्दै यसलाई पार्टीले खण्डन गरेको उपमहासचिव ज्ञवालीको भनाइ छ।