२ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देश विकास कँकडको गतिमा हुनुपर्ने भएपनि सरकारले देश विकासको गतीलाई ट्याक्टरको गतिमा अघि बढाईरहेको बताएका छन् ।
नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले सरकारले जनताको अपेक्ष्गअनुसार काम गर्न नसकेको भन्दै त्यसैको परिणामस्वरुप शिक्षकहरुले आन्दोलन गरेको अवस्था श्रृजना भएको बताए ।
उनले भने, ‘यत्ति कुरामा विश्वास गर्नुस्, हामी फोहोर सफा गर्न पोखरीमा छिरेका छौं । त्यसैले बाहिरबाट हेर्दा फोहोरै देखिन्छ तर, हामी मिसिन गएको होइन । सफा गर्न गएको हो । हामी मिसिदैनौं । हामी त्यसकै अंग बन्न गएकै होइन ।’
उनले काँग्रेस र एमालेजस्ता दुई ठूला पार्टी मिलेपछि स्थीरता र विकास अनि संबिधान संसोधनमा सहजता हुनुपर्ने, शुसासन कायम हुनुपर्ने भएपनि सरकारमा गएका मन्त्रीहरुले आवश्यक्ता अनुसार काम गर्न नसक्दा देशले गति लिन नसकेको बताए ।