२ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र विचौलियाको प्रभावले बिग्रिएको आरोप लगाएका छन्।
आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले विचौलियाको पहुँच सिधै प्रधानमन्त्रीको शयनकक्षसम्म पुगेको उल्लेख गरे।
“अब त नेतृत्वको बेडरुमसम्म पनि विचौलियाको पहुँच छ भन्ने थाहा पाउन थालियो,” थापाले भने, “राष्ट्र बैंकको गभर्नर छान्दा समेत खुल्ला रुपमा विचौलियाको उम्मेदवारीको चर्चा हुन्छ, जुन चिन्ताजनक हो।”
उनले निजी क्षेत्र र विचौलियाबीच स्पष्ट भिन्नता गर्दै, अहिलेको आर्थिक समस्या व्यवसायीभन्दा पनि विचौलियाहरूले सिर्जना गरेको बताए।