समाचार

सर्वोच्चद्वारा युनिटी ठगी प्रकरणमा मुछिएका अध्यक्ष गुरुङसहितका सञ्चालक दोषी ठहर

३ वैशाख, काठमाडौँ। बहुचर्चित युनिटी ठगी प्रकरणमा मुछिएका आरोपीहरूलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर गरेर जेल सजाय तोकेको हो। 

अदालतले युनिटी अध्यक्ष काशीराम गुरुङ र सञ्चालक भीम बहादुर गुरुङलाई साढे दुई बर्ष कैदको र २५ हजार जरिवानाको फैसला गरेको हो। त्यस्तै महाप्रबन्धक शिशिर योगी र  निर्देशक विश्वनाथ योगीलाई पनि एक बर्ष कैद १० हजार रुपैयाँ जरिवाना तोकेको हो। 

उनीहरूले पिरामिड आकारमा सञ्जाल खडा गरेर ठगी गरेको बताइएको  छ। 

त्यस्तै उक्त ठगी प्रकरणमा दोषी ठहर भएका सञ्चालकहरू इन्द्रबहादुर विश्वकर्मा, नेत्र राजवंशी, कृष्णबहादुर क्षेत्र, महेन्द्र केसी, विष्णुबहादुर क्षेत्रीलाई  पनि सर्वोच्च अदालतले साढे २ वर्ष कैद सजाय सुनाएको हो । 

  उनीहरूमाथि पिरामिड शैलीको नेटवर्किङ व्यवसाय सञ्चालन गरेर ३ लाख ६६ हजार सदस्यबाट ३ अर्ब ७९ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको थियो। सर्वोच्च अदालतले उक्त ठगी मुद्दाको फैसला गरेर सजाय तोकेको हो।