समाचार

शिक्षक महासङ्घको मागलाई ध्यानमा राखेर ‘संसद् अधिवेशन’ आह्वान,पारित होला त शिक्षा विधेयक ?

३ वैशाख, काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठक आह्वान गरेका छन् । 

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरे अनुसार आज राष्ट्रपति पौडेलले आह्वान गरेका हुन। 

शिक्षक आन्दोलन उत्कर्षमा पुगिरहेको बेला सरकारले बर्खे अधिवेशन बोलाएको हो। अबको संसद् बैठकमा शिक्षकमा मागबारे छलफल हुने छ। शिक्षा ऐन जारी हुनु पर्ने शिक्षक महासङ्घको माग छ। ऐन संसदले बनाउने भएको कारण पनि बर्खे अधिवेशन छिटो गरी बोलाइएको हो। 

 गत चैत १९ गते हिउँदे अधिवेशन अन्त्य भएको थियो।