राजनीति

काँग्रेस अरु पार्टी जस्तो होइन, काँग्रेस पार्टी भित्र प्रश्न गर्न पाइन्छ, फरक मत राख्न पनि पाइन्छ: महामन्त्री थापा

३ वैशाख, काठमाडौँ ।  नेपाली काँग्रेसका महामन्त्री गणन थापाले काँग्रेस पार्टी भित्र कोही भीम रावल बन्न नपर्ने बताएका छन्। आज बारामा आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीमा फरक मत राख्न पाउने भन्दै एमालेलाई कटाक्ष गरेका हुन्। 

काँग्रेसमा फरक मत फरक बिचार राख्न पाइने भएरै आफ्नो पार्टी काँग्रेस भएको महामन्त्री थापाको जिकिर छ। उनले काँग्रेस हाम्रो पार्टी हो कुनै बा को पार्टी होइन भन्दै उनले आफ्नै पार्टी सहभागी भएको सरकारका प्रधानमन्त्री प्रति ब्याङे कसेका हुन्। 

कार्यक्रममा बोल्दै थापाले सरकारको गति सोचेको जस्तो नभएको बताए। उनले काँग्रेस पार्टी सहभागी भएको सरकारलाई असफल हुने छुट नरहेको धारणा राखे।