४ साउन, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोईरालाले कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ, कोही दुविधामा नपरे हुन्छ भन्ने ठोकुवा गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेकपा एमालेका सांसदहरुले राष्ट्र्यिसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक भन्दै उक्त कुरा लेखेका हुन् ।
वरिष्ठ नेता डा कोईरालाले गठबन्धनका दलवीच भएको सहमति र समितिमा भएको सर्वसम्मती विपरित यसरी आफ्ना सांसदहरुलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठवन्धनलाई दिएको धोका भएको ठहर गरेका छन् ।
नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न भन्ने आफ्नो विचार डा कोईरालाले राखेका छन् । कर्मचारीहरुले कुलिगं पिरियडको बिरोध गरिरहेका बेला पास हुन लागेको भनिएको कुलिगं पिरियडको बिपक्षमा एमालेका राट्रिय सभाका केही साँसदहरुले संसोधन प्रस्ताव दर्ता गरेपनि वरिष्ठ नेता डा कोईरालाले कुलिगं परियड रहने पक्षमा आफ्नो तर्क पुनः दोहोर्याएका हुन् ।
उनको भनाई जस्ताकोतस्तैः
नेकपा एमालेका सांसदहरुले राष्ट्र्यिसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ । गठबन्धनका दलवीच भएको सहमति र समितिमा भएको सर्वसम्मती विपरित यसरी आफ्ना सांसदहरुलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठवन्धनलाई दिएको धोका हो ।
नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न । कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही दुविधामा नपरे हुन्छ ।






