सामाजिक सञ्जाल

रावलको व्यङ्ग्यात्मक प्रश्न: ओलीले अब जेल परेको हटाएपछि बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन  पार्टीमा कार्यदल गठन गर्ने कि ?

५ साउन, काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ७० बर्से उमेर हद हटाउने विषयमा दिएको अभिव्यक्तिप्रति कडा व्यङ्ग्य गरेका छन् । 

पुर्वउपप्रधानमन्त्री समेत रहेका उनले अध्यक्ष ओलीले उमेर हद हटाउने हो भने आफू १४ वर्ष जेल बस्दाको समय हटाउनुपर्ने भन्ने अभिव्यक्तिमा व्यङ्ग्य गर्दै सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन  पार्टीमा कार्यदल गठन गर्ने कि ? भन्ने प्रश्नसमेत सोधेका छन् । 

नेकपा एमालेले विधान संशोधन प्रस्ताव पोलिट ब्युरो बैठकमार्फत पास गरिसकेको छ भने केन्द्रीय समिति बैठकले सदर गर्ने चरणमा छ । उमेर हद, वरिष्ठ उपाध्यक्षलगायतका विषयमा नेकपा एमालेले विधान संशोधनमा महत्त्वपूर्ण निर्णय गर्नेछ । 

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा राजनीतिक सक्रियता बढाएपछि आत्तिएका ओलीको विषयमा विभिन्न ब्यक्तीहरुको तर्फबाट व्यङ्ग्य आइरहेका बेला रावलको व्यङ्ग्य आएको हो । 

उनको ट्वीटः

एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा के.पी.बाट बैठकमा पेश भएछ।केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन  पार्टीमा कार्यदल गठन गर्ने कि ?